+
+

कडा सुरक्षाबीच एन्फाको विशेष साधारण सभामा मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १३:२३

२३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए ।

साधारणसभामा एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारण सभामा बोलेपछि मुख्य एजेण्डा रहेको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुनु अगाडि प्रस्तावकको तर्फबाट कर्माछिरिङ शेर्पा बोल्न खोजेका थिए । तर बोल्न नपाएपछि अविश्वासको प्रस्ताव लैजाने पक्षधरले नाराबाजी गरेका थिए ।

नाराबाजी र धकेलाधकेल भएपछि प्ररीले हस्तक्षेप गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए । ‘प्रस्तावक  तर्फबाट बोल्ने भन्ने हिजो बेलुका सहमती भएको थियो तर अध्यक्ष नेम्वाङले पेलेर अगाडि बढ्न खोजपछि कर्माछिरिङ बाहिर निस्कनु भएको हो । अब केहीबेरमा फेरी मतदान हुन्छ,’ ती सदस्यले भने । हलभित्र हो–हल्ला भएपछि प्रहरी परिचालन गरेर अहिले मतदान सुरु हन लागेको उनले बताए ।

विशेष साधारणसभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिको समेत उपस्थिति रहने साधारणसभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता छ । साधारणसभामा ए, बी र सी डिभिजन क्लबबाट पनि प्रतिनिधि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?