+
+

मुम्बई पुगेका २० नेपाली फ्यानलाई शाहरुखले भेटे, फोटो खिचाउनेदेखि ठट्यौलीसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १३:१३

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले गत बिहीबार ५८ औं जन्मदिन मनाए । विश्वभरका उनका फ्यान आफ्ना प्रिय सुपरस्टारलाई बर्थडे विस गर्न मुम्बई पुगेका थिए ।

रेड चिल्लीज इन्टरटेनमेन्टले मुम्बईको पश्चिम बान्द्रास्थित बाल गन्धर्व अडिटोरियममा किङ खानसँग फ्यानलाई भेट्ने बन्दोबस्त मिलाएको थियो । शाहरुखलाई भेट्न नेपालबाट २० जना फ्यान मुम्बई पुगेका थिए ।

एसआरके युनिभर्स नेपालका सदस्यले राष्ट्रिय झण्डा बोकेरै शाहरुखसँग तस्वीर खिचाए र उनलाई नेपाली फ्यानको तर्फबाट जन्मदिनको शुभकामना दिए ।

तस्वीर खिचाउने क्रममा नेपाली फ्यान संयोग पौडेल (तस्वीरमा शाहरुखसँगै बसेका र चस्मा लगाएका)ले शाहरुखलाई चुम्बनको प्रस्ताव राखे । उनले ‘क्यान आई किस यू’ भनेर सोध्दा शाहरुखले ठट्टा गर्दै जवाफ दिएका थिए, ‘बेटा आगे देखो फोटो बिगड जाएगा (बाबु अगाडि हेर, फोटो बिग्रिन्छ फेरि) ।’

शाहरुखले पालैपालो नेपाली फ्यानसँग तस्वीर खिचाए । रेड चिल्लीजले शाहरुखलाई भेट्न पुगेका ७०० फ्यानलाई होटल प्रवेशको पास समेत दिएको एसआरके युनिभर्स नेपालका विकास सुवेदीले बताए । ‘त्यहाँ धेरै कुरा पर्सनल हुँदैन । बर्थडे विस गर्ने, तस्वीर खिचाउने र आउने हो,’ सुवेदीले भने ।

शाहरुख निवास मन्नतअघि पनि नेपाली फ्यान पुगेका थिए । नेपालमा रहेको एसआरके युनिभर्स नेपाल नामक क्लबले शाहरुखको फिल्मलाई पहिलो दिन नै स्पेसल शो गर्ने, जन्मदिनमा केक काट्नेदेखि मुम्बईमा पुगेर भेट्ने गरिरहेको छ ।

केही वर्षअघि एक व्यावसायिक ब्राण्डको कार्यक्रममा नेपाल आउँदा पनि शाहरुखले हायात होटलको गेटमा नेपाली फ्यानलाई भेटेका थिए । फिल्मको कुरा गर्दा शाहरुखको आगामी फिल्म ‘डंकी’ क्रिसमसमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?