+
+

अध्ययनको निष्कर्ष : ७ महिना रक्सी छाड्दा दिमाग ठीक हुुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १६:२५

२७ कात्तिक, काठमाडौं । मदिराको लत भएका र त्यससँग सम्बन्धित बिमारीसँग जुधिरहेका व्यक्तिका लागि आशा जगाउने खालको एउटा समाचार छ ।

शोधकर्ताहरुका अनुसार यदि नियमित रुपमा मदिरापानको लत भएका कुनैपनि व्यक्तिले यदि ७ महिनाभन्दा धेरै समयसम्म रक्सी पिउन छाडेमा उसको मस्तिष्कमा क्षतिग्रस्त भएका कोशिकाहरु पुनः स्थापित हुन थाल्दछन् ।

धेरै मदिरापान गर्ने मानिस अल्कोहल युज डिसअर्डर नामक स्वास्थ्य समस्यासँग जुध्नु पर्दछ । धेरै रक्सी पिउनाले मस्तिष्कको कर्टेक्सको बाहिरी हिस्साको पत्र पातलो भएर जान्छ र मुजा पर्न थाल्दछ । यसका कारण मानिसमा कुनैपनि निर्णय लिने क्षमतामा ह्रास आउँछ ।

अमेरिकामा भएको एक अध्ययन अनुसार यदि कुनै मानिसले लगातार ७.३ महिनासम्म रक्सी पिउन छाड्ने हो भने उसको मस्तिष्कको कर्टेक्सको बाहिरी पत्र ठीक भएर पूर्ववत् अवस्थामा आउन थाल्दछ । यसको लाभ पहिलो महिनादेखि नै देखिन थाल्दछ ।

स्टेनफोर्ड विश्वविद्यालयका मानव आनीबानी सम्बन्धी विज्ञ टिमोथी दुराज्जोका अनुसार रक्सी पिउन छाडेपछि पहिलो महिनामा विस्तारै मस्तिष्कको कर्टेक्सको मोटाई बढ्न थाल्दछ । त्यसको ६ महिनासम्ममा कर्टेक्स विस्तारै पूूर्ण रुपमा सुध्रिएर सामान्य अवस्थामा फर्किन्छ ।

अमेरिकामा करीब १ करोड ६० लाख मानिसहरु अल्कोहल युज डिसअर्डरसँग जुधिरहेका छन् । अमेरिकामा एयुडी प्रमुख स्वास्थ्य मुद्दा बनिसकेको छ । मानिसहरुले यसको उपचार कसरी हुन्छ ? यसबाट कसरी बँच्ने र यसको पीडालाई कसरी कम गर्ने भन्ने कुरा बुझ्नु आवश्यक छ ।

रक्सी पिउँदा बदलिन्छ दिमागको ढाँचा

मदिरापानका कारण मस्तिष्कको ढाँचामा परिवर्तन आउँछ । रक्सीको लत लागेका मानिसले रक्सी पिउने आदत छाड्न निकै कठीन हुन्छ । मदिराको लतका कारण यसलाई छाड्न चाहँदा पनि सकिँदैन ।

मस्तिष्कको प्रि फ्रन्टल कर्टेक्स नामक हिस्साको प्रयोगबाट नै मानिसले योजना बनाउने तथा निर्णय लिने काम गर्दछ । तर एयुडीबाट पीडित मानिसहरुमा भने दिमागको यो भागले राम्रोसँग काम गर्न सक्दैन । जसका कारण उक्त मानिसले सही निर्णय लिनमा समस्या सिर्जना हुन्छ । यस विषयको सोध हालै अल्कोहल जर्नलमा प्रकाशित छ ।

आधा मानिसले छाड्न सक्दैनन् रक्सीको लत

टिमोथी दुराज्जो र उनको टिमले ८८ जना अल्कोहल युज डिसअर्डर भएका मानिसहरुमा अध्ययन गरेका थिए । ती मानिसहरुले रक्सी छाड्न चाहन्थे उनीहरुलाई रक्सीको लत छाड्नका लागि सहयोग पनि गरियो । त्यसक्रममा उनीहरुको मस्तिष्कको लगातार स्क्यानिंग गरिएको थियो, रक्सी छाडेको पहिलो हप्ता, पहिलो महिना तथा ७.३ महिनामा ।

त्यसक्रममा २३ जनामा पहिलो हप्तावाला मस्तिष्क स्क्यान गराइएको थिएन । उनीहरु एक महिने स्क्यानमा सामेल थिए । तर ८८ जनामा केवल ४० जना मानिस यस्ता थिए जसले मात्रै ७.३ महिनासम्म रक्सी छाड्न सके । अर्थात् पूरै अध्ययन अवधिभर उनीहरुले रक्सी पिएनन् ।

यसका अलावा टिमोथीको टिमले ४५ जना ती व्यक्तिहरुको पनि अध्ययन गरे जो कहिल्यैपनि एयुडीको सिकार भएनन् । तर ९ महिनापछि उनीहरुको मस्तिष्कको स्क्यानिंग गरेर कर्टेक्सको मोटाई जाँच गरियो।

कर्टेक्सको ३४ वटा हिस्साको मोटाईको जाँच गर्ने क्रममा एयुडीसँग जुधिरहेका मानिसको मस्तिष्कमा उल्लेखित ३४ मध्ये २४ हिस्साको मोटाई कम रहेको पाइयो । त्यस्तै एयुडीको समस्या नभएका मानिसमा भने कर्टेक्स पातलिने त्यस्तो समस्या कम पाइयो । अल्कोहल युज डिसअर्डरका लागि कहिलेकाहीँ उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलले पनि भूमिका खेलेको हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?