+
+

स्टम्पदेखि हावासम्म, विश्वकप क्रिकेटको एक खेलमा कतिवटा क्यामरा प्रयोग हुन्छन् ?

एजेन्सी एजेन्सी
२०८० मंसिर ५ गते ६:४८

फाइनल खेलमा आयोजक भारतलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

आइतबार भारतको नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा निकै रोमाञ्चक मात्र भएन त्यो प्रविधिले भरिपूर्ण पनि थियो । उसो त अन्तराष्ट्रिय क्रिकेट म्याचहरुमा पछिल्लो समय प्रविधिको उच्च प्रयोग हुन थालेको छ । जसले गर्दा खेलमा मानवीय अड्कलमाथिको निर्भरता कम भएर खेलमा निष्पक्षतामा वृद्धि भएको छ ।

यदि तपाईं यो विश्वकप क्रिकेटका खेलहरु टेलिभिजनमै हेर्नुभयो भने त्यस्तो अनुभूति पनि पक्कै गर्नुभयो होला । विश्वकप क्रिकेटका टेलिभिजन दर्शकहरुले साँच्चीकै क्यामराको कमालको मज्जा लुट्न पाए । ठूलो संख्याका क्यामरासँगै अत्याधुनिक प्रशारण प्रविधिले गर्दा खेलको प्रत्यक्ष प्रशारणलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

यो विश्वकप क्रिकेटका हरेक खेलमा रंगशालामा कतिवटा आधिकारिक क्यामरा प्रयोग गरिए होलान्, तपाईंले अनुमान गर्न सक्नुहुन्छ ?

सायद धेरैलाई थाहा छैन होला । यो विश्वकप क्रिकेटका खेलहरुमा मात्र होइन सुविधा सम्पन्न रंगशालामा हुने उच्चस्तरका अन्तर्राष्ट्रिय क्रिकेट म्याचहरुमा कम्तिमा पनि ३० वटा क्यामरा प्रयोग गरिएको हुन्छ । जुन यस प्रकार छन् :

· बाहिर पटि्टको प्रशारण स्टुडियोका लागि १ क्यामरा
· फिल्ड प्लेलाई समेट्नका लागि १२ क्यामरा
· हक आई क्यामरा ६ वटा
· रन आउट भिडियो कैद गर्नका लागि ४ क्यामरा
· स्ट्राइक जोन दृश्य कैद गर्नका लागि २ क्यामरा
· स्टम्प क्यामरा ४ वटा
· प्रिजेन्टेसन क्यामरा १ वटा

एउटा आधिकारिक क्रिकेट म्याचमा विभिन्न प्रकारका क्यामरा प्रयोग हुन्छन् । यी सबै क्यामराको काम फरक फरक हुन्छ । पर्दामा खेल हेर्ने दर्शकको अनुभूतिलाई उत्कृष्ट बनाउनका लागि यी क्यामराको अधिकतमक कुशलतापूर्वक प्रयोग गरिन्छ । क्रिकेट खेलमा प्रयोग गरिने विभिन्न क्यामराका कामहरु के के हुन् छत ?

  • मुख्य क्यामरा : यी प्राइमरी क्यामरा हुन् जसलाई रंगशालामा योजनाबद्ध तरिकाले स्थापित गरिएको हुन्छ । यी क्यामरालाई यस्तो प्रकारले सेट गरिएको हुन्छ कि यी क्यामराबाट वाइड एंग शट कैद होस् । यी क्यामराबाट खेलको समग्र दृश्य प्राप्त हुन्छ ।
  • बाउन्ड्री क्यामरा : यी क्यामरालाई प्रायः बाउन्ड्री लाइनको नजिक देख्न सकिन्छ । यी क्यामराहरु फिल्डिंग एक्सनको क्लोजअप शट खिच्नका लागि प्रयोग गरिन्छ । यी क्यामराको मद्दतले खेलाडीको चालको विस्तृत दृष्य प्राप्त हुन्छ ।
  •  स्टम्प क्यामरा : यी क्यामरालाई स्टम्पको बीचमा इन्स्टल गरिन्छ । यसबाट बलर, ब्याट्सम्यान तथा विकेटकिपरसँग सम्बन्धित जानकारी प्राप्त हुन्छ । यी क्यामराबाट स्टम्पको नजिकको स्लो मोसन रिप्ले हेर्न सकिन्छ ।
  • स्पाइडर क्यामरा : यसको नामजस्तै कामपनि हुन्छ । यी क्यामरा तलमाथि र तेर्सो सबैतिर घुम्न सक्दछ । यी क्यामराबाट डाइनामिक एरियल शट खिच्न सकिन्छ ।
  • अल्ट्रा स्लो मोसन क्यामरा : यो हाई स्पीड क्यामराले कुनै पनि चाललाई उच्चतम फ्रेमरेटमा कैद गर्न सक्दछ । यसको सहयोगले स्लो मोसन रिप्लेको डिटेल्स प्राप्त हुन्छ ।
  • हेलमेट क्यामरा : कहिलेकाहीँ खेलाडिले आफ्नो हेलमेटमा समेत क्यामरा लगाएका हुन्छन् । यो क्यामराको सहयोगमा दर्शकहरुले कुनै पनि ब्याटरले बल कस्तो प्रकारले देख्दछ भन्ने कुरा थाहा पाउँछन् .
  • रोबोटिक क्यामरा : यी रिमोट कन्ट्रोल्ड क्यामरालाई विभिन्न ठाउँमा इन्स्टल गरिएको हुन्छ । यी क्यामराबाट फ्लेक्सिबिलिटी तथा एडजस्टेबल कोणबाट खेलको दृश्य प्राप्त हुन्छ । यसबाट कुनै खास दृश्य कैद गर्न सकिन्छ ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?