+
+

भरतपुर भ्रमण वर्षको प्रचार अभियान ५४ मुलुकमा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:५५

६ मंसिर, काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को प्रचार अभियान ५४ वटा मुलुकमा विस्तार गरिएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ । भ्रमण वर्षको तयारीबारे जानकारी गराउन बुधबार राजधानीमा आयोजित कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्‍याउने बताए ।

भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले चितवन इको टुरिजमका लागि देशकै पहिलो स्थानमा रहेको उल्लेख गर्दै सबै पक्षको सहयोगमा भरतपुर भ्रमण वर्ष सफल हुने बताए ।

भ्रमण बर्षका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक सोम सापकोटाले सन् २०२४ मा उल्लेख्य पर्यटन चितवन भित्र्याउन हाल ५४ राष्ट्रमा प्रचार अभियान विस्तार गरिएको जानकारी गराए ।

कार्यक्रममा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुशीला श्रीपाली ठकुरीले पर्यटनको चलायमान बनाउन भरतपुरले सुरु गरेको अभियानमा पर्यटन मन्त्रालयले पूर्ण रुपले साथ दिने बताइन् । अर्थतन्त्र लयमा ल्याउन पनि पर्यटकीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने उल्लेख सरकारले आर्थिक र नैतिक हिसाबले साथ दिने बताइन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले भरतपुर भ्रमण वर्षकै अवसरमा मेघौलीमा हात्तपोलो सुरु गर्न पहल गर्ने बताए । अन्तर्राष्ट्रिय जंगल सफारी मार्ट पर्यटन बोर्डकै नेतृत्वमा गर्ने तयारी गरेको उनले जानकारी दिए । उनले चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल सञ्चालन गर्न सरकार तयार हुनुपर्ने समेत बताए ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाका महासचिव कुमार थपलिया र उद्योग वाणिज्य महासंघ पर्यटन समिति संयोजक अशोक गुरागाईंले भरतपुर भौगोलिक रुपमा पनि मध्यभागमा रहेकोले भ्रमण बर्ष सुस्ताएको पर्यटन उकास्नको लागि कोशेढुङ्‍गा सावित हुने बताए ।

भ्रमण वर्ष कार्यसम्पादन समितिका सदस्य सचिव तेजेन्द्र पौडेलले स्वागत गर्दै भरतपुरमा भौतिक बिकास तीव्र भएको र सम्पदाको खानी भएकोले सन् २०२४ मा भरतपुर घुम्न निम्तो दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?