+

एनएसएलमा पोखराले चितवनलाई हरायो

२०८० मंसिर  ९ गते १५:०० २०८० मंसिर ९ गते १५:००
एनएसएलमा पोखराले चितवनलाई हरायो

९ मंसिर, काठमाडौं । नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ ।

पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे । जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ ।

पोखराका मार्की प्लेयर आयुश घलानले पहिलो जितले उत्साह दिएको बताए । ‘हाम्रो लक्ष्य लिग जित्ने नै हो, पहिलो खेल जितेपछि त्यसले उत्साह दिएको छ’, उनले भने ।

म्यान अफ दि म्याच पोखराका दिनेश राजवंशी भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

एनएसएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय