+
+

युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड

आइतबार युनिलिभर, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको सेयर मूल्य हालसम्मकै उच्च भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १५:३९

१० मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । युनिलिभरका अलवा भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो ।

आइतबार एकै दिन युनिलिभरको मूल्य ६.७२ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ७ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ४२ हजार ९ सय रुपैयाँ पुगेको छ । बजारमा सूचीकृतमध्ये युनिलिभर सबैभन्दा महँगो कम्पनी हो ।

त्यस्तै भगवती हाइड्रोपावरको मूल्य आइतबार १० प्रतिशत अर्थात् प्रतिकित्ता ३९ रुपैयाँ ८० पैसा बढेर ४३७ रुपैयाँ ८० पैसा पुगेको छ ।

माण्डु हाइड्रोपावरको मूल्य प्रतिकित्ता १६ रुपैयाँ बढेर ५३१ रुपैयाँ पुगेको छ भने मिडसोलु हाइड्रोको मूल्य प्रतिकित्ता २२ रुपैयाँ (६.२ प्रतिशत) ३७५ रुपैयाँ पुगेको छ ।

समग्र हाइड्रोपावर समूह नै न्यूनतम विन्दुमा रहेका बेला तीन कम्पनीले भने हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएका हुन् । आइतबार सेयर बजार ४७ अंकले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?