+
+
Shares
कविता :

मेरो देश बाँचिरहोस्

नृपराज बराल नृपराज बराल
२०८० मंसिर १० गते १६:२३

जब मेरो देश बेइमानहरुको षड्यन्त्रमा पर्‍यो

षड्यन्त्रकारीले अचम्मको छलछाम गर्‍यो

अराजकता त तब मात्र बढेको छ देशमा

जब राजनीतिले जनतामाथि बेइमानी गर्‍यो

बेइमान राजनीतिको बेइमान खेलमा

मेरो देशले जब आफ्नो कथा सुनायो

देशको कथा र व्यथामाथि, अराजकताले कब्जा जमायो

 

आज अराजकता परिवर्तनकारी र क्रान्तिकारी भेटिन्छ

तर मेरो देशको राजनीति कालो अक्षरले लेखिन्छ

जनता भन्छन् अक्षर जस्तोसुकै लेखियोस्

हामीले हेर्दा कालो देखियोस् कि सेतो देखियोस्

नेपालको इतिहासा उत्कृष्ट शब्दहरुमा लेखियोस्

माथि भ्यु टावरमा बसेर हेर्दा हेर्नेहरुको आँखा नफुटोस्

तल बस्ने जनताहरुको रोग, भोक, आँशु र रोदन देखियोस्

हिमाल अटल भएर चम्किरहोस्, पहाड हाँसिरहोस्

तराईका फाँटहरुमा सुन्दर मयूर नाचिरहोस्

 

आँसु झार्दै हरेक नेपाली भनिरहन्छन् यहाँ

म मरु या बाँचु, अराजक राजनीतिको बेइमान खेलमा

देश सदैव नाचिरहोस् देश हाँसिरहोस्, देश बाँचिरहोस्

मेरो देश बाँचिरहोस् ।।

जितपुरसिमरा१, बारा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?