+
+

नमस्ते पे ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १७:१७

काठमाडौं । डिजिटल वालेट नमस्ते पे ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्डले सम्मानित भएको छ ।

नमस्ते पे लाई ‘आईबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’ को चौथो संस्करणमा उक्त अवार्डबाट सम्मानित भएको हो ।

‘नमस्ते पे’ मा ‘यूएसएसडी’ च्यानल मार्फत रियल टाइम अफलाइन भुक्तानी समाधानको सुरुवातसँगै ग्राहकहरूले डिजिटल लेनदेन गर्दा विना इन्टरनेट पनि वालेट सेवा अफलाइनमा पहुँच गर्न सक्नेछन् । जसले उपभोक्ताहरूका लागि डिजिटल वित्तमा खुला पहुँच प्रदान गरेको छ।

‘नमस्ते पे’ ले ‘रिक्वेस्ट मनि’ सुविधा मार्फत ‘पी टु पी’ उधारो सेवा उपलब्ध गराएएको छ । उपभोक्ताहरूलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन ‘स्प्लिट बिल’ जस्ता सुविधाहरू पनि ल्याएको छ ।

मुम्बईमा आयोजित उक्त कार्यक्रम सन् १९९१ मा स्थापना भएको बेलायतमा रहेको कम्पनी इन्टरनेसनल बैंकिङ सिस्टम्स इन्टेलिजेन्स (आईबीएसआई) ले आयोजना गरेको थियो ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले २४ नोभेम्बरमा भारतको मुम्बईमा भएको समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?