+

क्रिकेट ब्याटमा प्यालेस्टाइनको झण्डा टाँस्ने पाकिस्तानी क्रिकेटर कारबाहीमा

२०८० मंसिर  १२ गते १५:३५ २०८० मंसिर १२ गते १५:३५
क्रिकेट ब्याटमा प्यालेस्टाइनको झण्डा टाँस्ने पाकिस्तानी क्रिकेटर कारबाहीमा

१२ मंसिर, काठमाडौं । खेलका क्रममा आफ्नो ब्याटमा प्यालेस्टाइनको झण्डाको स्टिकर राखेपछि पाकिस्तानी क्रिकेटर आजम खान जरिवानामा परेका छन् ।

पाकिस्तानको राष्ट्रिय टी-२० लिग खेलिरहेका उनले ब्याटमा प्यालेस्टाइनको झण्डाको स्टिकर टाँसेका थिए । त्यसवापद उनलाई पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले उनलाई म्याच फीको ५० प्रतिशत जरिवाना तिराएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नियम अनुसार खेलाडीले आफ्नो खेल सामग्री वा किटमा पूर्वस्वीकृति बिना कुनै पनि स्टिकर लगाउने पाउने छैनन् । धार्मिक एवम् राजनीतिक सन्देश दिने खालका स्टिकर टाँस्न पनि पाइने छैन् ।

आईसीसीको त्यो निमय उल्लंघन गरेकोमा आजमलाई जरिवाना गरिएको पीसीबीले जनाएको छ ।

तर सामाजिक सञ्जालमा भने पाकिस्तानीहरुले आजम खानको समर्थन र उनलाई जरिवाना गर्ने पीसीबीको आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पाकिस्तानले खुलेरै प्यालेस्टाइनको समर्थन गर्नु पर्ने बताएका छन् ।

आजम खान इजरायल–प्यालेस्टाइन युद्ध
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय