+
+

बार्सिलोना पुनरागमन जितसहित नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ७:३५

१३ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘एच’अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोविरुद्ध २-१ को पुनरागमनसहितको जित हात पार्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।

पछिल्लो तीन सिजनमा बार्सिलोना नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । सन् २०२०-२१ मा अन्तिम १६ मा पगेको बार्सिलोनाले त्यसपछिको दुई सिजन समूह चरण पार गर्न सकेको थियो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा ब्राजिलियन विगंरले पेपेले ३०औं मिनेटमा गोल गर्दै पोर्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकने ।

३२औं मिनेटमा जाओ कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल गरे । कान्सेलोकै पासमा जाआओ फेलिक्सले ५७औं मिनेटमा विजयी गोल गरे ।

जितपछि ५ खेलबाट १५ अंक जोडेर बार्लोना समूह एचको शीर्ष स्थानमा छ । पोर्टो र साख्तर डोनेस्कको समान ९ अंक छ ।

अर्को खेलमा साख्तरले रोएल एन्टवर्पलाई १-० ले हरायो । अब पोर्टो र साख्तरबीच हुने खेलबाट नकआउट चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

डर्टमण्ड, एट्लेटिको मड्रिड र लाजियो पनि नकआउट चरणमा

मंगलबार राति नै भएको खेलमा जित हात पार्दै जर्मन क्लब बवरुसिया डर्टमण्ड, स्पानिस क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब लाजियो पनि नकआउट चरणमा पुगेका छन् ।

समूह एफको खेलमा डर्टमन्डले इटालियन क्लब एसी मिलानलाई ३-१ ले हराएर अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

डर्टमण्डका लागि मार्को रिउस,  जेमी बाएनोए जितेन्स र करिम आडेयमीले गोल गरे ।  यसै समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन पीएसजी र न्युकासल युनाइटेडले १-१ को बराबरी खेले ।

जितपछि पाँच खेलबाट डर्टमण्डको १० अंक छ । समान खेलबाट पीएसजी ७ अंकसहित दोस्रो स्थानमा छ । न्युकासल र एसी मिलानको समान पाँच अंक छ । अन्तिम चरणको खेलपछि यस समूहबाट नकआउट चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

यस्तै समूह ‘ई’अन्तर्गत एट्लेटिको मड्रिडले फेयनुर्डलाई ३-१ र लाजियोले सेल्टिकलाई २-० ले हराउँदै नकआउट चरणमा स्थान बनाए ।

जितपछि एट्लेटिको ११ अंकसहित शीर्ष स्थानमा छ भने लाजियो १० अंक जोडेर दोस्रोमा छ । अब यी दुईबीच हुने अन्तिम खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

सिटीको पुनरागमन जित

समूह ‘बी’बाट नकआउट चरणमा पुगिसकेको साविक विजेता म्यानचेष्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगमाथि ३-२ को पुनरागमन जित निकालेको छ ।

सिटीको घरेलु मैदानमा लुयस ओपेनाडाले पहिलो हाफमा दुई गोल गर्दै लाइपजिगलाई २-० को अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा सिटीले पुनारागमन गर्दै तीन गोल फर्कायो । एर्लिङ हालान्डले ५४औं, फिल फोडेनले ७०औं र जुलियन अल्भारेजले ८७औं मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाए ।

जितपछि पाँच खेलबाट १५ अंक जोडेको सिटी समूह विजेता बन्ने पक्का भएको छ । लाइपजिगको पाँच खेलबाट ९ अंक छ र समूह उपविजेता बनेको छ ।

यसै समूहको अर्को खेलमा योङ ब्वाइजले रेड स्टार बेलग्रेडलाई २-० ले हराएर पहिलो जित निकाल्यो । दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?