+
+

एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप मंसिर १४ देखि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १६:१२

१३ मंसिर, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा यही मंसिर १४ देखि दोस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप मंसिर १४ देखि १६ गतेसम्म हुने जानकारी गराएको हो ।

संघले गत वर्ष पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरिसकेको र दोस्रो संस्करणमा पनि खेलाडीहरुको उल्लेख्य सहभागिता हुने जनाएको छ ।

प्रतियोगितामा पुम्से र ग्यरोगी गरी कूल ७२ स्वर्ण पदकका लागि जम्मा ६५० जना खेलाडीहरुले यस प्रतियोगितामा सहभागिता जनाउने तेक्वान्दो संघले जनाएको छ ।

प्रतियोगितालाई व्यवस्थित र सफल रुपमा आयोजना गर्न संघका उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।

प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपालभरिका खेलाडीहरुको सहभागिता हुनेछ ।

प्रतियोगितामा चिल्ड्रेन एण्ड क्याडेट डिभिजन (१४ वर्ष मुनि), जुनियर डिभिजन (१४-१७ वर्ष) र सिनियर डिभिजन (१८ वर्षमाथि) गरी तीन फरक विधामा खेलाइनेछ ।

क्याडेटमा महिलातर्फ ५ र पुरुषतर्फ ५ गरी १०, जुनियरमा महिलातर्फ ८ र पुरुषतर्फ ८ गरी कूल १६, तथा सिनियरतर्फ पनि महिलामा ८ र पुरुषमा ८ गरी १६ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।

संघले धेरै प्रतियोगिताहरुको आयोजना गरी खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता गराउने र सबैलाई अवसर प्रदान गर्दै खेलाडीहरुहरुको प्रतिभा प्रष्फुटन र अनुभव वृद्धि गर्नका लागि यस प्रकारका प्रतियोगिताहरुको नियमित रुपमा आयोजना गर्दै आएको र यसबाट भविष्यका लागि राष्ट्रिय खेलाडीहरुको उत्पादन र पहिचानमा टेवा पुग्ने विश्वास संघको छ ।

संघले यस प्रतियोगिताबाट खेलाडीहरुको राष्ट्रिय वरियता क्रम मापन गरी सोही बमोजिम स्तर र वर्गीकरण गर्ने भएको छ ।

प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनस्थित सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?