
१८ मंसिर, विराटनगर । मोरङको लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । डागीहाट युथ क्लबको आयोजनामा सोमबार महोत्सव सुरु भएको हो ।
‘लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८०’ प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा महोत्सवको महत्वपूर्ण भूमिका रहने प्रदेश सांसद सुवेदीले बताए । महोत्सव उद्घाटनको विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । महोत्सवमा प्रदर्शनीमा १५ वटा स्टल राखिएको छ ।
दुई सातासम्म चल्ने महोत्सवमा दिउँसो जाने अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक समितका स्टल संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा ४१ लाख कारोबार हुने अनुमान गरिएको आर्थिक संयोजक शिवकुमार राईले बताए । महोत्सवमा राजेशपायल राई, मेलिना राई, एलिना चौहान, रचना रिमाल, सविन राईलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् ।
प्रतिक्रिया 4