+

नेपाल सुपर लिग २०२३ : तथ्यांकमा चितवन र बुटवल–लुम्बिनीको शीर्ष चारमा उक्लने होड

२०८० मंसिर  २१ गते ११:४८ २०८० मंसिर २१ गते ११:४८
नेपाल सुपर लिग २०२३ : तथ्यांकमा चितवन र बुटवल–लुम्बिनीको शीर्ष चारमा उक्लने होड

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा बिहीबार एफसी चितवन र एफसी बुटवल–लुम्बिनी भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजे हुने यस खेलबाट दुवै टोलीलाई अंक तालिकामा सुधार गर्ने अवसर छ ।

यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यस संस्करणको १६ औं र समग्रमा ४१ औं खेल हुनेछ ।

२. चितवन तीन खेलबाट चार अंक जोड्दै पाँचौं स्थानमा छ । चितवन आफ्नो पहिलो खेलमा पोखरासँग १–० ले पराजित भएको थियो । काठमाडौंसँग १–१ को बराबरी खेलेपछि चितवनले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो ।

३. बुटवल–लुम्बिनी तीन खेलबाट तीन अंकमा सातौं स्थानमा छ । सुरुआती दुई खेलमध्ये ललितपुरसँग २–० र धनगढीसँग १–० ले पराजित बुटवल–लुम्बिनीले आफ्नो तेस्रो खेलमा इलाममाथि २–१ को जित निकालेको थियो ।

४. दुवै टिमसामु जितसँगै शीर्ष चारमा उक्लने अवसर हुनेछ । अन्य नतिजाले दुवै टिमको क्वालिफायर/इलिमिनेटर सम्भावना कमजोर हुनेछ ।

५. दुवै टिमबीच अहिलेसम्म एक खेल भएको छ । पहिलो संस्करणको त्यो खेल २–२ को रोमाञ्चक बराबरीमा टुंगेको थियो । चितवनले त्यस खेलमा सुरुमै दुई गोलको अग्रता लिएको थियो । जर्जप्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले एक/एक गोल गरे । जवाफमा बुटवल–लुम्बिनीका लागि आशिष लामा र लक्ष्मण रुचालले गोल गरे ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय