
२१ मंसिर, काठमाडौं । तामाङ कलाकारहरु छाता संगठन नेपाल तामाङ कलाकार संघले मंसिर २९ र ३० गते काठमाडौंमा सेलो संगीत महोत्सवको आयोजना गरेका छन् ।
तामाङ मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष विशाल काल्तानले जानकारी दिए ।
डम्फू संस्कृतिले तामाङहरुको उत्पत्ति र सभ्यताको विषय उजागर गर्ने भन्दै उनले तिनै डम्फूको जगमा सिर्जित सेलो संस्कृति र ताम्बा संस्कृतिको संरक्षण गर्न महोत्सव गर्न लागिएको बताए ।
बौद्धस्थित हायत होटलको प्रांगणमा हुने उक्त महोत्सवको तयारीलाई संघले तिव्र बनाएको छ । साँस्कृतिक प्रस्तुति र प्राविधिक कामहरुको तयारी अन्तिम चरणमा पुगेको संघको भनाइ छ ।
महोत्सवमा साँस्कृतिक प्रस्तुतिका साथमा तामाङ पहिचान दिने विभिन्न कला, संस्कृति, भेषभूषा र खानाका परिकारहरुको स्टल समेत रहनेछ ।
प्रतिक्रिया 4