+
+

यू १९ एसिया कप : नेपालले आज अफगानिस्तानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ९:४४

२४ मंसिर, काठमाडौं । युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । यस खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल आजको खेल जित्दै सेमिफाइनल सम्भावना कायम राख्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उत्तम थापा मगरले अर्धशतक बनाएपछि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर थियो ।

सिनियर टोलीका स्टार अलराउण्डर गुल्सन झाले बलिङमा २ विकेट लिएपनि ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

यस्तै कप्तान देव खनालको ब्याट पनि पहिलो खेलमा चलेन । यी दुई खेलाडीमा नेपालले ठूलो आशा राखेको छ ।

उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।

समूह ए अन्तर्गत आजै अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?