+
+

सेयर बजार ३६ अंकले बढ्यो, यी हुन् धेरै मूल्य बढेका १५ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १५:२२

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से मंगलबार ३६.८६ अंकले बढेको छ । यो वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।

यस दिन सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० ले अंक बढे ।

धेरै रकमको कारोबार हुनेमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र सोल्टी होटल क्रमशः अगाडि रहे । बजार बढ्दा पनि सीवाईसी लघुवित्तको ५ र सिंगटी हाइड्रोको ४ प्रतिशत मूल्य घट्यो ।

यी हुन् धेरै मूल्य बढेका कम्पनी

बोटलर्स नेपाल (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्सको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्त, त्रिशुली जलविद्युत्, दोल्ती पावरको मूल्य ९.९ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङ, साधना लघुवित्त, हाथवे इन्भेस्टमेन्टको मूल्य ९ प्रतिशत बढ्यो । शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, मकर जितुमाया, इमर्जिङ नेपाल, युनाइटेड इदी मर्दीको मूल्य ८ प्रतिशत बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?