+
+
फ्राइडे रिलिज :

हलमा लागे जम्प, दुई कदम र हाइ पापा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १२:०१

काठमाडौं । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । नेपाली भाषाका दुई फिल्म ‘दुई कदम’ र ‘जम्प’, हिन्दी भाषाको ‘हाइ पापा’ प्रदर्शनमा आएका छन् ।

बलिउड फिल्म ‘एनिमल’को दुई साता लामो उत्कृष्ट प्रदर्शनपछि तीन नयाँ फिल्म हलमा लागेका हुन् । उदय सुब्बा निर्देशित ‘दुई कदम’ र आशुतोषध्वज कार्की निर्देशित ‘जम्प’ दुई भिन्न जनराका फिल्म हुन् ।

इओन लिम्बू र सिमोन गिरीको शीर्ष भूमिका रहेको ‘दुई कदम’ अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा गौरव पहारी, सुनिल थापा, कविता आले, बुद्धि तामाङ र अर्जुन गुरुङको अभिनय छ । समग्रमा यो फिल्म प्रेम सम्बन्धमा आइलाग्ने अवरोध र त्यसलाई चिर्न हुने संघर्षको कथावस्तु हो ।

‘जम्प’लाई मनोवैज्ञानिक थ्रिलर जनरा भनिएको छ । क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य र विनिता थापाको अभिनय छ । एक खेलाडीको मनोदशातर्फ निर्देशकले कथा भन्ने प्रयत्न गरेका छन् ।

हिन्दी भाषाको ‘हाइ पापा’मा मृणाल ठाकुर, श्रुति हसन र नानीको अभिनय छ । सौरभ निर्देशित यो फिल्मलाई फेमिली, रोमान्स र ड्रामा जनरामा राखिएको छ । १५६ मिनेट लामो यो फिल्मलाई पीजी सर्टिफिकेट दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?