१ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दलीय भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा हाल उपकुलपतिको पद रिक्त छ । कांग्रेस, माओवादी, समाजवादीले भागवण्डा नगरेर देशले नै विश्वास गरेको व्यक्तिलाई त्रिविको उपकुलपति बनाउन सरकारसँग आग्रह गरे ।
उच्च शिक्षा विग्रिएको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराइरहेको उनले बताए ।
विद्यार्थीहरुको अभावमा क्याम्पसहरु खालि हुने अवस्था आएको उल्लेख गर्दै उनले महामन्त्री थापाले आइतबार पर्वतमा भएको कार्यक्रममा भने,‘उच्च शिक्षा विग्रेर केटाकेटी बाहिर गएका हुन् भने उच्च शिक्षा सुधार्न पर्यो ।’
प्रतिक्रिया 4