 
																			२ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको पाइए सरकारले नछाड्ने चेतावनी दिएका छन् ।
सोमबार नेपाली कांग्रेस नुवाकोटको सम्मेलनमा बोल्दै उनले एनसेलबारे सरकारले छानविन समिति बनाएको र करछली गरेको पाइए नछाड्ने बताए । उनले भने, ‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन, प्राधिकरणले हेर्छ, त्यसको छानविन हुँदैछ ।’
सरकारले एनसेल खरीद–बिक्रीबारे छानविन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । जसमा अर्थ मन्त्रालयका सहसचिवहरु समेत सदस्य छन् । समितिलाई एक महिनाको समय दिइएको छ ।
राजनीतिक विषयमा बोल्दै उनले क्षणभरमा महत्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताए ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले भने, ‘हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4