+
+

सर्जि रोबर्टोको दुई गोलमा बार्सिलोनाको जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ९:११

५ पुस, काठमाडौं । सर्जि रोबर्टोले दुई गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले अंक तालिकामा पुछारमा रहेको अल्मेरियामाथि ३-२ को कठिन जित हात पारेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले दुई पटक अग्रता लिँदा अल्मेरियाले बराबरी गोल फर्काउँदै खेल प्रतिस्पर्धात्मक बनाएको थियो ।

रफिन्हाले ३३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ४१औं मिने६मा अल्मेरियाका लिओ बाप्टिस्ताओले बराबरी गोल फर्काए ।

६०औं मिनेटमा सर्जि रोबर्टोले रफिन्हाकै पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । ७१औं मिनेटमा अल्मेरियाले फेरि बराबरी गर्‍यो । यस पटक एडगार गोन्जालेजले गोल गरे ।

तर ८३औं मिनेटमा सर्जि रोबर्टोले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोनाले १८ खेलबाट ३८ अंक छ र तेस्रो स्थानमै कायम छ ।

बार्सिलोना अझै लिग लिडर जिरोना भन्दा ६ र दोस्रो स्थानको रियल मड्रिड भन्दा ४ अंकले पछि छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?