+
+

पोखरामा धमाधम हुँदैछ अनमोल स्टारर ‘फर्की फर्की’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १३:१८

काठमाडौं । अनमोल केसी र जसिता गुरुङलाई लिएर पोखरामा ‘फर्की फर्की’को छायांकन धमाधम भइरहेको छ । पहिलो चरणअन्तर्गत बिहीबार २५ औं दिनको सुटिङ चलिरहेको छ ।

पोखराको छायांकन सेटबाट अनलाइनखबरलाई प्राप्त तस्वीरमा अनमोल र जसिता रोमान्टिक मुडमा देखिएका छन् । निर्माता रोहित अधिकारीले अनमोलकै जनराअनुसारको फिल्म बनेको बताए ।

‘फिल्म पूरै रोमान्टिक बनेको छ । यो हेर्दा दर्शकले पनि रोमान्टिक महसुस गर्न सक्छन्,’ उनले भने । रोहितका अनुसार काठमाडौं र पोखरामा पहिलो चरणको छायांकन चल्नेछ । दोस्रो चरणमा अन्नपूर्ण आधार शिविर, इण्डोनेसियाको बाली र काठमाडौंमा विवाहको दृश्य खिचिने जनाइएको छ ।

निर्माताले फेसबुकमा अर्को एक तस्वीर सार्वजनिक गरेका छन्, जहाँ सडकमा अनमोल बाइक हाँकिरहेको देख्न सकिन्छ । पोखराको सडकमा अनमोल ‘फर्की फर्की’ अवतारमा देखिएका छन् ।

सुयोग गुरुङको निर्देशन रहेको यो फिल्म जेठ ११ गते प्रदर्शन हुँदैछ । रोहित र सुयोगले आगामी फिल्म ‘बेहुली’मा पनि सहकार्य गर्दैछन् । ‘फर्की फर्की’मा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?