+
+

कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनु होला : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १८:१७

५ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका दिनमा पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउन आग्रह गरेका छन् ।

बिहीबार जनकपुरमा आयोजित कांग्रेसको पहिलो मधेश प्रदेश सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले अर्को पटक कांग्रेस पूर्ण रुपमा सरकार बन्न सक्नेगरी स्थापित गर्न नेताकार्यकर्तालाई आग्रह गरे ।

देउवाले भने, ‘समानुपातिक समावेशी प्रणाली भएकाले कसैको पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ । हाम्रो पार्टीमा अन्तर्घात गर्ने ठूलो रोग लागेको छ । त्यसलाई मुक्त गर्न यो पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीका रुपमा स्थापित गर्नुहोला । नेतालाई सहयोग गर्नुहोला । यो मधेश प्रदेशबाट अघि बढ्नेछ लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?