
७ पुस, काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाइ धर्माबलम्बीहरुको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकामा इकाइ धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्बजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सूचनामार्फत उल्लेख गरेका छन् ।
सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ ।
राक्सिराङले क्रिसमसको अघिल्लो दिन र भोलिपल्ट पनि बिदा दिएको हो ।
हेर्नुहोस् गाउँपालिकाको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4