+

आर्सनल र लिभपुलले बाँडे अंक

२०८० पुष  ८ गते ८:५२ २०८० पुष ८ गते ८:५२
आर्सनल र लिभपुलले बाँडे अंक

८ पुस, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदारका रुपमा रहेका दुई टोली आर्सनल र लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिभपुरलको घरेलु मैदान एनफिल्डमा शनिवार राती भएको खेलको चौथो मिनेटमै गाब्रीएल मागालहाएसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर पाहुना टोलीले त्यो अग्रता जोगाउन सकेन । घरेलु टोली लिभरपुलका लागि २९औं मिनेटमा मोहमद सालाहले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा अंक बाँडेको हो ।

बराबरीपछि आर्सनल १८ खेलबाट ४० अंकसहित शीर्ष स्थानमै छ । उता समान खेलबाट ३९ अंक जोडेर लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । एस्टन भिल्लाको पनि उति नै अंक भएपनि लिभरपुलले गोल अन्तरमा पछि पारेको हो ।

यस्तै एभरटनलाई २-१ ले हराएर टोटनहम चौथो स्थानमा उक्लेको छ । टोटनहमको १८ खेलबाट ३६ अंक भएको छ ।

म्यानचेष्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल भने स्थगित भएको छ । सिटीले भर्खरै क्लब विश्वकपको उपाधि जितेको थियो । सिटी १७ खेलबाट ३४ अंकसहित पाँचौ स्थानमा छ ।

म्यानचेष्टर युनाइटेडको भने खराब प्रदर्शन जारी रहँदा वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएको छ ।

जितपछि वेष्टहम १८ खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । पराजित युनाइटेड २८ अंकसहित आठौंमा झरेको छ ।

आर्सनल लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय