+
+

गैंडा संरक्षणका लागि नवलपरासीमा राइनो गोल्डकप हुँदै

रासस रासस
२०८० पुष ८ गते १७:३२

८ पुस, नवलपुर । दुर्लभ एकसिङ्गे गैंडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा ठूलो पुरस्कार राशीको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ ।

खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

राजधानी काठमाडौं बाहिरको सर्वाधिक पुरस्कार राशिको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आगामी माघ २७ गतेदेखि सुरु हुनेछ । मध्यविन्दुको राइनो क्लबको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित रु १० लाख पुरस्कार हात पार्नेछ ।

प्रतियोगिताको उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ टोली, आयोजक नवलपुर जिल्लासहित ‘ए’ डिभिजनका फुटबल क्लब, गण्डकी लुम्बिनी, मधेस र बागमती प्रदेशबाट चार टोलीसहित १२ टोलीको सहभागिता रहने भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ । विगत दुई दशकदेखि सञ्चालित राइनो कप फुटबल प्रतियोगिताको परिस्कृत र परिमार्जित अवधारणाको राष्ट्रियस्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७० सालदेखि सञ्चालन गरिएको थियो ।

जिल्लाको मध्यविन्दु–२ कोल्हुवास्थित राइनो कप खेल मैदानमा बर्सेनि हुने प्रतियोगिता विगतमा कोरोना महामारीको सङ्क्रमणका कारण स्थगित गरिएको थियो ।

आयोजकले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि खेलकुद परिषद्को सहयोग रहने बताए ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले स्थानीय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको निरन्तरता र विकासका लागि नगरपालिकाकोतर्फबाट सहयोग रहने बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?