
९ पुस, काठमाडौं । इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइएको छ । काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन् ।
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा पर्ने क्रिसमसमा अभिभावकले बालबालिकालाई मनोरञ्जनस्थल, सपिङ मल घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने आदि गरेका छन् ।
बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् । जहाँ फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिएका छन् । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4