+
+

भोजपुरमा निर्माणाधीन पक्की पुल भत्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १२:३३

१२ पुस, काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो ।

पुल ढलानको तयारी थियो । ढलानका लागि छड राखिसकिएको थियो । तर फर्मा भाँचिएपछि सबै तल खसेको प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिए । उनका अनुसार यो घटनामा मानवीय क्षति भने भएको छैन ।

पुल भत्किएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?