 
																			१७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कार्यक्रममा नेपाल विद्यार्थी संघले हस्तक्षेप गरेको भन्दै स्ववियुका पदाधिकारीसहित १० सदस्यले आपत्ति जनाएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले ढिलासुस्ती, लापरवाही र हेलचेक्र्याइँ गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले पुस ११ गतेदेखि परीक्षा नियन्त्रण कार्यालयबाहिर प्रदर्शन गरिरहेको छ ।
त्यस क्रममा मंगलबार स्ववियुको आन्दोलनमा क्रियाशील विद्यार्थी संगठनका अध्यक्षहरुले ऐक्यवद्धता जनाउने कार्यक्रम थियो । उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघको टोलीले आफ्नो झण्डा प्रयोग गरेपछि अरु संगठनका अध्यक्षहरु नआएको स्ववियु सचिव सिद्धान्त भट्टले बताए ।
त्रिवि केन्द्रीय क्याम्पसका सभापति श्यामराज ओझा नेपाल विद्यार्थी संघबाट निर्वाचित भएका हुन् । त्यस्तै सचिव भट्ट भने अनेरास्ववियुबाट जितेका हुन् । आफूले संगठनको झण्डा प्रयोग नगर्न भन्दा सभापतिले नमानेपछि कार्यक्रम बहिस्कार गरेको उनले बताए ।
‘सबै संगठनको अध्यक्षहरु ऐक्यवद्धता जनाउन आउने कुरा थियो, स्ववियुको कार्यक्रममा कसैको झण्डा प्रयोग नगर्ने सहमति थियो तर नेविसंघले झण्डा प्रयोग गरेर स्ववियुको कार्यक्रमको दुरुपयोग गरेपछि अन्य संगठनका अध्यक्षहरु आउनुभएन, हामी पनि कार्यक्रम बहिस्कार गरेर हिँड्यौं’ उनले भने ।
त्यस्तै स्ववियुका पदाधिकारीले आन्दोलनमा आएका त्रिविका विद्यार्थीलाई कार्यक्रममा किन सहभागी भइस् भनेर गाली गलौज गरेको पनि भट्टसहित १० जना स्ववियु सदस्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘विद्यार्थीको मत लिएर आएका व्यक्तिले विद्यार्थीप्रति गरिएको अमर्यादित हर्कत तथा क्रियाकलापले स्ववियु संस्थालाई बदनामित गराउन उद्दत व्यक्तिहरुको भण्डाफोर गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आह्वान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
मंगलबार त्रिविको परीक्षा नियन्त्रण कार्यालयमा नेविसंघको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा पुगेका थिए । उनले राम्रो काम गर्ने परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई सम्मान गर्ने भन्दै फूलमाला लगाइदिएका थिए ।
हेर्नुहोस् स्ववियुका १० जनाले निकालेको विज्ञप्ति

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4