+
+

गुन्डोगानले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते ९:१८

२० पुस, काठमाडौं । इल्के गुन्डोगानले इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा लस पलमसमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

घरेलु मैदानमा मुनिर अल हाड्डाईले १२औं मिनेटमा गोल गर्दै लस पलमसलाई सुरुवाती अग्रता दिलाएका थिए । मुनिर बार्सिलोनाकै पूर्व खेलाडी हुन् ।

५५औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले सर्जी रोबर्टोको असिस्टमा गोल गरे ।

इन्जुरी टाइममा खेलले नाटकीय मोड लियो । इल्के गुन्डोगानलाई धकेलेपछि लस पलमसका डाले सिन्कग्रेभनले रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिनुपर्‍यो भने बार्सिलोनाले पेनाल्टी पायो ।

त्यसैमा गुन्डोगानले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोना १९ खेलबाट ४१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । लस पलमस १९ खेलबाट २५ अंकसहित दशौँ स्थानमै छ ।

अर्को खेलमा एथ्लेटिक विल्वाओले सेभियालाई २-० ले पराजित गरेको छ ।

जितपछि एथ्लेटिक विल्वाओ १९ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । सेभिया १९ खेलबाट १६ अंकसहित १६औं स्थानमै छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?