+
+

चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले दियो विदा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १८:२८

२२ पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएपछि विद्यालय विदा दिएको छ ।

आइतबार महानगरपालिकाले सूचना जारी गर्दै चिसोको कारण सोमबारदेखि १ माघसम्म जाडो विदना दिने निर्णय भएको जनाएको छ ।

शिक्षा अधिकृत हरि राउतले हाल परीक्षा संचालन भइरहेको संस्थागत विद्यालयहरुको हकमा परीक्षा यथावत सञ्चालन गर्न निर्देशन दिएका छन् ।

केहीदिनदेखि चिसो बढ्दै गईरहेकोले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दे विदा दिइएको शैक्षिक प्रशासन महाशाखाले सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?