+
+

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते ८:५९

२३ पुस, काठमाडौं । चौथो श्रेणीको बारबास्ट्रोविरुद्ध कठिन जित निकाल्दै ला लिगाको क्लब बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बारबास्ट्रोको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फरमिन लोपेजले १८औं, राफिन्हाले ५१औं र रोवर्ट लेवान्डोस्कीले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे ।

बारबास्ट्रवका लागि एड्रिया डे मेसाले ६०औं र मार्क प्राटले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे ।

बार्सिलोनासहित ला लिगाकै कुल १४ क्लबले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । दोस्रो श्रेणीको टेनेरेफले पनि अन्तिम १६ मा स्थान बनाएको छ ।

अब ला लिगाको भियारियाल र तेस्रो श्रेणीको युनिओनिस्टासबीच अन्तिम ३२ को एक खेल हुन बाँकी छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?