+

कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

२०८० माघ  ३ गते १४:५२ २०८० माघ ३ गते १४:५२
Shares
कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

कपाल झरिरहेका वा झरिसकेका व्यक्तिका लागि कपाल प्रत्यारोपण वरदान नै हो भन्दा हुन्छ । तर कपाल प्रत्यारोपणलाई लिएर मानिसमा विभिन्न किसिमको डर हुन्छ, चाहे त्यो कपालको उमेर होस् वा प्रत्यारोपणपछि कपालको हेरचाह । कपाल प्रत्यारोपण गर्दा कुनै साइड-इफेक्ट हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि धेरैको मनमा हुन्छ ।

हेयर ट्रान्सप्लान्ट भनेको व्यक्तिको आफ्नै कपाललाई टाउकोको अर्को साइडमा लगेर रोप्ने प्रक्रिया हो । सामान्यतया टाउकोको पछाडिको भाग अर्थात् डोनर एरियाको कपाललाई अगाडि कपाल झरेको भागमा रोप्ने गरिन्छ ।

प्रत्यारोपण गर्दा कुनै पनि केमिकलको प्रयोग हुँदैन । यो एकदमै प्राकृतिक प्रक्रिया हो । एक ठाउँको कपाल अर्को ठाउँमा सार्ने मात्र हो । निधार र तालुको कपाल धेरै झर्छ । यो हार्मोनल कारणले गर्दा हुने हो । कपाल प्रत्यारोपण गर्न चाहने व्यक्तिमा कुनै पनि प्रकारको रोग छैन र ऊ स्वस्थ छ भने तुरुन्तै प्रत्यारोपण गर्न सकिन्छ ।

कपाल प्रत्यारोपणको लागि अहिले विश्व र नेपालमा प्रचलित विधि भनेको ‘फोलीकुलर युनिट एक्सट्रयाकसन’ अर्थात् कपाल नझरेको टाउकोको पछाडिको भागबाट कपाल निकाली कपाल झरेको टाउकोको अगाडि र बीचमा रोप्ने विधि हो ।

डोनर एरिया कम हुने, छालासम्बन्धी रोग भएका, अनियन्त्रित मधुमेह र उच्च रक्तचापका बिरामीले कपाल प्रत्यारोपण गर्न मिल्दैन ।

कपाल रोपेपछि कुनै साइडइफेक्ट देखिन्छ ?

कपाल रोप्दा दीर्घकालीन रूपमा खासै केही असर देखिंदैन । विशेषगरी टाउकोको पछाडिको भागको कपाल निकालेर अगाडिको भागमा रोपिने भएकाले यसले दिमाग वा आँखामा केही असर पो गर्छ कि भन्ने प्रश्न हुन्छ । कपाल प्रत्यारोपण गर्दा छालाको तहमा मात्र यसको काम हुने भएको यसबाट दिमाग र आँखामा केही असर हुँदैन ।

पहिले कपाल निकालिएको ठाउँमा दाग बस्ने समस्या देखिन्थ्यो । तर अहिले त्यस्तो समस्या पनि देखिंदैन । कपाल प्रत्यारोपणका जटिलता सामान्यतया देखिंदैन । तर कसैकसैमा लट्ठ्याउने सुईको विषाक्तताका लक्षण, तालु सुन्निने, रगत बग्ने, रौंको जरामा संक्रमण हुने, क्षणिक रूपमा टाउको दुख्ने, चिलाउने र सुन्निने हुन्छ ।

रोपेको कपाल फेरि झर्ने समस्या हुन्छ ?

धेरैमा कपाल झर्ने कारण वंशाणुगत हुन्छ । अगाडिको कपालमा ‘डिएचटी रिसेप्टर’ हुन्छ जसले गर्दा अगाडिको कपाल झर्छ । कपाल रोप्दा पछाडिको कपाल प्रयोग हुन्छ, जसमा ‘डिएचटी रिसेप्टर’ हुँदैन र कपाल झर्ने समस्या पनि हुँदैन । जबसम्म पछाडिको भागको कपाल झरेर जाँदैन, तबसम्म रोपेको कपाल पनि झर्दैन ।

कपाल रोप्न कति लाग्छ खर्च ?

कति कपाल झरेको छ सोही अनुसार नै प्रत्यारोपण गर्ने हो,  कपालको संख्या र खर्च  निर्धारण हुन्छ । काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा भने एउटा कपाल बराबर ३७ रुपैयाँ पर्छ । सामान्यतया अगाडिको हेयर लाइनबाट चारवटा औंलासम्म झरेको छ भने तीन हजारवटा कपाल रोप्नुपर्छ, जसको लागि लगभग एक लाख ५० हजार रुपैयाँ खर्च लाग्छ ।

कपाल रोपेको सुरुको एक वर्ष विशेष ध्यान दिनुपर्छ

प्रत्यारोपण गरिसकेपछि डोनर क्षेत्रलाई ब्यान्डेज र पेपरटेप प्रयोग गरेर छोपिन्छ र ४८ देखि ७२ घण्टाभित्र निकालिन्छ । ब्यान्डेज निकालेपछि त्यसमा एन्टिबायोटिक सात दिन लगाउनुपर्छ । कपाल रोपिएको क्षेत्रलाई भने खुल्ला क्यापले छोप्नुपर्छ, ताकि त्यस क्षेत्रमा कुनै संक्रमण नहोस् ।

ट्रान्सप्लान्ट गरिसकेको ७२ घण्टापछि क्लिनिकमै आएर स्याम्पुले सफा गरिन्छ । ट्रान्सप्लान्ट गरिसकेको एक वर्षसम्म एक प्रकारको औषधि प्रत्यारोपण गरिएको क्षेत्रमा लगाउन सुझाव दिइन्छ । जसले ट्रान्सप्लान्ट कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढ्न मद्दत गर्छ ।

कपाल प्रत्यारोपण गरेको भनेर ६ महिनापछि त थाहा हुँदैन । कपाल प्रत्यारोपणपछि व्यक्तिमा कुनै छालासम्बन्धी समस्या देखिएन वा अन्य कुनै रोग लागेन भने प्रत्यारोपण गरिएको कपाल आजीवन रहन्छ ।

कपाल प्रत्यारोपण डा. सुयोग मैनाली
डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज