
३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सरेका छन् ।
सभापति देउवा बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए ।
बूढानीलकण्ठस्थित निवास मर्मतसम्भार गर्नु परेकाले देउवा भाडाको घरमा सरेका थिए ।
२०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोडेका थिए । घर निर्माणको कार्य ६ महिनामा सकिने भनिए पनि एक वर्ष बढी लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4