+
+
Shares

ऊर्जा उद्यमीले देश विकासमा योगदान गरिरहेका छन् : उपप्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १३:५२

४ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा उद्यमीले देश विकासमा समेत योगदान गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को बिहीबार काठमाडौंमा आयोजित २४ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतमा काम गरिरहेको समेत बताए । उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर सोचिरहेको समेत उनले जानकारी दिए ।

ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको उनले बताए ।

देशमा ऊर्जा उत्पादनको सम्भावना निकै बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा उत्पादकहरुले व्यापार मात्रै नगरेर देश विकासका लागि महत्वपूर्ण योगदान समेत गरिरहेको उनले बताए ।

ऊर्जा उत्पादन गरेर व्यापार मात्रै गरेर नपुग्ने भन्दै उनले यसको आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्नेमा जोड दिए । उनले अब ग्रिन डेभलपमेन्टको अवधारणा लिन सके देश विकासको बाटोमा जाने पनि बताए ।

श्रेष्ठले ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता पनि जनाए । ‘ऊर्जा उद्यमीहरुले निर्धक्क भएर लगानी गर्दा हुन्छ, सुरक्षाको कुनै चिन्ता नलिनु,’ उनले भने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको योगदान ६०/७० प्रतिशत रहेको बताए ।

उनले निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशिल रहेको र निजी क्षेत्रको माग पूरा भएपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि बताए ।

पछिल्लो दशकमा ८ सयबाट २९ सय मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको उनले बताए ।

मन्त्री बस्नेतले अबको ३/४ महिनामा निजी क्षेत्रबाट प्रवर्द्धित करिब ५०० मेगावाट थप विद्युत् प्रणालिमा जोडिने जानकारी गराए ।

निजी क्षेत्रले आफूले यति काम गर्छु भन्ने प्रतिबद्धता लिएर आए सरकारले त्यसका लागि सहयोग गर्ने पनि मन्त्री बस्नेतले प्रतिवद्धता जनाए ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको बताउँदै १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको समझौता निकै स्वागतयोग्य रहेको पनि बताए ।

‘अहिले देश उर्जामय भएको छ,’ उनले भने, ‘सरकारलाई अबको दशक उर्जा दशक घोषणा गर्न माग गर्छु, साथै सरकारले अबको दशकलाई ऊर्जा संकटकाल लगाउन समेत माग गर्दछु ।’

अहिले सरकारले ऊर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग गरिरहेको स्मरण गराए ।

‘ऊर्जा क्षेत्रको भ्याट घटाउने सवालमा अर्थ मन्त्रालयले यो समस्या समाधान गर्न उर्जा मन्त्रालयले क्याबिनेटमा प्रस्ताव लैजान सुझाव दिएको छ,’ उनले भने, ‘ऊर्जा मन्त्रालयबाटै यो समस्या समाधान हुनेमा हामीहरु विश्वस्त छौं ।’

अध्यक्ष कार्कीले बाढी पहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न पनि आग्रह गरे । उनले १० हजार मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी लाग्ने स्मरण गराउँदै यसमा राष्ट्र बैकलाई समेत ध्यान दिन आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?