+
+

क्यामरुनलाई हराउँदै साविक विजेता सेनेगल नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते ८:२६

६ माघ, काठमाडौं । साविक विजेता सेनेगल अफ्रिकन कफ अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको समूह सी को खेलमा क्यामरुनलाई ३-१ ले पराजित गर्दै सेनेगलले एक अघि नै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।

सेनेगलका लागि इस्माइला सारले १६औं, हाबिबि डियालोले ७१औं र साडियो मानेले इन्जुरी टाइममा गोल गरे ।

क्यामरुनका जिन चार्ल्स कास्टेलेट्टोले ८३औं मिनेटमा एक मात्र गोल गरे ।

जितपछि समूह सी मा सेनेगल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

सेनेगलले अब समूहको अन्तिम खेल मंगलबार गिनीसँग खेल्नेछ र उक्त खेलमा हार टारे समूह्य विजेता नै बन्नेछ ।

शुक्रबार गाम्बियालाई १-० ले पराजित गरेको जिनी ४ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

पाँच पटकको विजेता क्यामरुनको भने दुई खेलबाट एक अंक मात्र छ । नकआउट चरणमा पुग्न क्यामरुनलाई अन्तिम खेलमा गाम्बियालाई हराउनुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?