+
+

ब्रिटिस र सेनेका कलेजबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १२:३१

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत् बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो ।

सोमबार सेनेका कलेजमा आयोजना गरिएको कार्यक्रममा टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले सहकार्यलाई औपचारिक रुप दिएका हुन् ।

सहकार्यसँगै टीबीसीका विद्यार्थीहरुले विश्वव्यापी शैक्षिक अनुभवको अवसर प्राप्त गर्नेछन् । यो साझेदारीसँगै टीबीसीका विद्यार्थीहरुको लागि यो एउटा सुवर्ण मौका बनेको छ, जसअन्तर्गत विद्यार्थीहरुले दोस्रो वर्षदेखि सेनेकामा ‘क्रेडिट ट्रान्सफर’को सुविधा प्राप्त गर्नेछन् ।

विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा र विश्वव्यापी अवसरहरु प्रदान गर्ने कलेजको प्रतिबद्धतासँग यो सहकार्य पूर्ण रुपमा मेल खाएको ब्रिटिस कलेजका सीईओ कँडेलले बताए ।

उत्कृष्टता र नवीनताका लागि सेनेका प्रतिष्ठित शैक्षिक संस्था भएकोले टीबीसीको लागि यो एउटा ऐतिहासिक साझेदारी भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?