+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

नेपाली पाठशाला बार्सिलोना १० वर्षमा

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० माघ १५ गते १८:५८

बार्सिलोना। नेपाली पाठशाला बार्सिलोनाले १०औं वर्ष पूरा गरेको छ। विदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृति सिकाउँदै आएको पाठशालाले १० वर्ष पूरा गरेको हो।

सन् २०१४ जनवरी ४ देखि स्पेनको बार्सिलोनामा सुरु भएको पाठशालाले शनिबार एक कार्यक्रमकाबीच १० वर्षे यात्राको सम्झना गरेको छ। स्पेनस्थित नेपाली समुदायको उपस्थितिमा सम्पन्न कार्यक्रममा बक्ताहरुले नेपाली पाठशालाको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

‘युरोपमा विभिन्न देशहरुमा नेपाली भाषाका कक्षाहरु धेरै खोलिए र बन्द पनि भए। तर निरन्तरता पाउनु नै ठुलो कुरा रहेछ।’ एनआरएनए आईसीसीका पूर्व सदस्य दिनेश गिरीले भने। उनले काम सुरु गर्नु मात्र ठुलो नभएको भन्दै राम्रो कामले निरन्तरता पाईरहनु महत्वपूर्ण रहेकोमा जोड दिए।

पाठशालालाई मियोको रुपमा सम्हाल्दै आएकी सरला सापकोटाले यहाँसम्म आईपुग्नुमा नेपाली समुदायको देन भएको बताइन्। पाठशाला संयोजक समेत रहेकी सापकोटाले भनिन् ,‘१० वर्ष अघि ५ जना बालबालिकाबाट सुरु भएको पाठशालामा अहिलेसम्म एक सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरेका छन्। विदेशमा नेपाली भाषा र संस्कृति चिनाउन पाउनुनै खुशीको कुरा हो।’

‘सुरुमा अध्ययन गरेका ५ जना विद्यार्थी अहिले १७- १८ वर्षका भए। कोही अहिले बेल्जियममा छन्। कोही क्यानाडामा छन्। कोही बार्सिलोनामा नै छन्।उनिहरुबाट सुरु भएको पाठशालाको यात्रा निरन्तर चलिरहेको छ।’

पाठशाला संयोजक सापकोटाले भनिन्,‘ती अभिभावक र विद्यार्थीलाई अहिले पनि सम्झन्न चाहन्छौ। जसको कारणले पाठशालाको सुरुवात र  यो यात्रा सम्भव भएको हो।’ चितवन मूल घर भएकी धनुदेवी सापकोटा अधिकारी ११ वर्षदेखि स्पेनमा बस्दै आएकी छिन्। १० र ८ वर्षका उनका दुई छोराहरु पाठशालामा नै पढ्छन्।

‘उनीहरु यतै जन्मिए।पहिले नेपाली बोल्न पनि निकै अप्ठारो थियो। अहिले त उनीहरु सामान्यता नेपाली अक्षर लेख्ने र पढ्ने पनि भईसकेका छन्। म धेरै खुशी छु।’ अधिकारीले आफ्नो अनुभव सुनाइन्। बागलुङ्का दिपाकर शर्मा स्पेनमा बस्दै आएको पनि १६ वर्ष वितिसक्यो। उनका पनि ११ वर्षका छोरा छन् ।‘

पाठशालामा लगेको ५ वर्ष भयो।आँफन्तसँग टेलिफोनमा कुराकानी गर्नदेखि नेपालमा नै पुग्दा पनि अभिभावकसँग कुराकानी गर्न उसलाई सजिलो भएको छ। चाडबाडबारे पनि राम्रो ज्ञान छ।नेपाली बोल्न नसक्नु नभनेको नेपाल विर्सनु हो। उ अहिले बोल्ने मात्रै होइन। लेख्ने र पढ्ने पनि भएको छ। हामी धेरै खुशी छौ।’ शर्माले आफ्नो अनुभव अनलाइनखबरलाई सुनाए।

वार्षिकोत्सव कार्यक्रममा बालबालिकाहरुले गीत,नृत्य,कविता लगायत नेपाली कला र संस्कृति झल्कने प्रस्तुतिहरु राखेका थिए। कार्यक्रम संचालन देखि प्रस्तुतिहरु बालबालिकाहरुले आँफै गरेका थिए। नेपाली पाठशालामा हाल २० जना बालबालिकाहरु अध्ययनरत छन्।

कोभिड -१९ अगाडि एकै वर्षमा ३९ जनासम्म बालबालिकाहरु पाठशालामा भर्ना भएका थिए। तर कोरोना महामारीपछि भने झन्डै आधा संख्यामा विद्यार्थीहरु कम भएका हुन्।

बार्सिलोना नगरपालिकाले नेपाली भाषा कक्षा संचालनका लागि निशुल्क: कक्षा कोठा उपलब्ध गराउदै आएको छ। प्रत्येक हप्ता शनिवार दिउँसो २ घण्टा पाठशालामा नेपाली भाषा लेख्न र पढ्न सिकाउने गरिन्छ ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?