+
+

व्यवसायी अरूण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लगिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १५:५२

१८ माघ, काठमाडौं । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापाविरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान हुने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट बिहीबार नै अनुमति लिँदैछ ।

सीआईबीका एक अधिकारीका अनुसार उनीहरुलाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजाने तयारी छ ।

महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै काठमाडौं महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, तत्कालिन वडाध्यक्ष र ४८ जना स्थानीय बासिन्दाले प्रहरीमा जाहेरी दिएका थिए ।

सरकारी जग्गा तत्कालिन राजाको निर्णयविना कसैको नाममा नामसारी नहुनेमा बाँसबारी छालाजुत्ता कारखाना समितिले निर्णय गरेर च्याम्पियन फुटवेयर लिमिटेडलाई बिक्री गरेको थियो । उक्त फुटवेयर हाल बन्द भइसकेको छ र त्यसको स्वामित्व हाल सिजी चाँदबाग रेसिडेन्सीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?