+
+

प्रचण्ड–ओली भेटवार्ता, सभामुख र राष्ट्रिय सभा अध्यक्षले पनि प्रधानमन्त्रीलाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १०:०३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । फाइल फोटो

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।

यी भेट आगामी बजेट अधिवेशनसँग सम्बन्धित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन पनि भनिने बजेट अधिवेशन आह्वान गरेका छन् । यो अधिवेशनमा केही विधेयकहरु समेत प्रस्तुत हुनेछन् ।

संसदको विजनेस र आगामी बजेटका प्राथमिकताका विषयमा प्रधानमन्त्री प्रचण्ड निरन्तर परामर्शमा छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यही बजेट अधिवेशन र समसामयिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?