+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १८:०४

१९ माघ, काठमाडौं । विशेष अदालतले घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । १७ साउन २०७९ मा ६ लाख रुपैयाँ सहित पक्राउ परेका नेपाललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो ।

उपसचिव नेपालले पोखराको एक प्याराग्लाइटिङ कम्पनीको इजाजतका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए । तरपछि बरामद गर्ने क्रममा साढे १६ लाख रुपैयाँ भेटिएको थियो ।

अख्तियारले उपसचिव नेपालको फोन सम्पर्कको विवरण (कल डिटेल) र रेष्टुरेन्टको सीसीटीभी फुटेजका आधारमा बीबी एयरबेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले घुस दिएको निष्कर्ष निकाल्यो र उनलाई पनि मुद्दा चलाएको थियो । विशेष अदालतले भने घुस दिएको आरोप लागेका श्रेष्ठलाई सफाइ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?