+
+

मैत्रीपूर्ण फुटबल खेलका लागि चिनियाँ युवा टोली नेपाल आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १६:२२

२४ माघ, काठमाडौं । नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइपुगेको छ ।

चिनियाँ टोली बुधबार दिउँसो नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण खेल हुन लागेको हो । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको खेलको सह आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेको छ ।

चीनबाट १६ खदेलाडीसहित २३ सदस्यीय टोली नेपाल आएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

उक्त खेलमा लागि एन्फाले नेपाली टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसलाई टिम प्रशिक्षणको जिम्मेवारी दिएको छ । हाल एनेसले नेपालको युवा खेलाडीलाई पोखरामा प्रशिक्षक दिइरहेका छन् । उनलाई सहायक प्रशिक्षकमा चेतन घिमिरे र मनिष तिम्सिनाले गोलकिपर प्रशिक्षकको रुपमा सहयोग गरिरहेका छन् ।

एन्फाले प्रारम्भिक चरणमा ३२ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको थियो । जसमा आयुष घलान मनिष डाँगी लगायत छन् ।

एन्फाले यसअघि नै उयक्त खेलको लागि साधारण प्याराफिटतर्फत २ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?