+
+

चिनियाँ टोलीविरुद्ध नेपाली युवा टोलीको ५ गोल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १८:५१

२७ माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपाली यू-२३ टोलीले चिनिया छिङ हाई युसुको युवा टोलीलाई ५-१ ले पराजित गरेको हो ।

नेपालका लागि समिर तामाङले दुई गोल गरे । उनले ३९औं र ३४औं मिनेटमा गोल गरे । यस्तै सञ्जीव विष्टले दोस्रो, छिरिङ लामाले ६३औं र निराजन धामीले ७५ औं मिनेटमा गोल गरे ।

युथ टोली भएपनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेकोले नेपालले विपक्षीलाई पूर्ण रुपमा दबाबमा राखेको थियो ।

जसमा मनिष डाँगीले नेपालको कप्तानी गरेका थिए । यस्तै राष्ट्रिय टिमका आयुष घलान, छिरिङ लामा, लकेन लिम्बु, उत्सव राई पनि खेलेका थिए ।

नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यो खेल भएको छ ।

खेलअघि र हाफ टाइमको बेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहितको प्रस्तुती समेत देखाइएको थियो ।

सन् १९९५ मा चीनको सिनियर टोलीले नेपालमा आएर खेलेको थियो । त्यसयता चीनको कुनै पनि टोली दशरथ रङ्गशालामा आएर खेलेको यो पहिलो पटक हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?