+
+

ललितपुरमा एक जना महिला र दुई बच्चाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते २१:५५

२७ माघ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले अनलाइनखबरलाई बताए । ‘झर्दा झर्दै देखेपछि स्थानीयले उद्दार गरेर किस्ट अस्पताल लगेका थिए, तर उपचारका क्रममा मृत्यु भएको छ’, उनले भने ।

लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । दुवैको पनि उपचारका क्रममा मृत्यु भएको एसएसपी खनालले बताए ।

दुई जनाको मृत्युको कारण खुलेको छैन । ‘पोष्टमार्टमबाट मृत्युको कारण खुल्ला’, उनले भने । रविनाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तर, सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।

घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् । ‘अहिले श्रीमान्सँग बयान लिनसक्ने अवस्था छैन, यद्यपि विभिन्न पाटोबाट अनुसन्धान थालेका छौं’, एसएसपी खनालले भने ।

शनिबार नै काठमाडौंको गौशालामा पनि एक जना महिलाको शव भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?