+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ट्रायल सेन्टरमा मन्त्रीसँग कड्किए कार्यालय प्रमुख, प्रहरीले धकेले

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते २१:१९

२८ माघ, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई छड्के अनुगमनमा जाँदा प्रहरीले दुर्व्यवहार गरेका छन् ।

आइतबार सेवाग्राही बनेर यातायात कार्यालय इटहरीको सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर पुग्दा उनलाई ड्युटीमा खटिएका प्रहरीले धकेलेका हुन् । क्याप, मास्क र कालो चश्मा लगाएर पुगेका मन्त्री राईसँग यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं कड्किएका थिए ।

सेवाग्राही बनेर पुगेका मन्त्री राईलाई यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईंलाई ठूलो स्वरमा ‘तपाईं को हो यहाँबाट गइहाल्नुहोस्’ भन्दै कड्किएका थिए ।

कार्यालय प्रमुख कड्किएपछि मन्त्री केही पर सरेर चुप लागेर बसे । त्यसपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न निर्देशन दिए । अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजे । प्रहरीले धकेलेपछि उनले मास्क खोले, त्यसपछि उनलाई सुरक्षाकर्मीले र कर्मचारीहरुले पनि कर्मचारीले उनलाई कर्सी दिएर बस्न आग्रह गरे ।

सेवाग्राही बनेर गएका मन्त्री निजी गाडीमा पुगेका थिए । सचिवालयका कर्मचारी र निजी सुरक्षाकर्मी पनि सादा पोसाकमा थिए ।

‘सेवाग्राही भएर जाँदा मलाई त प्रहरीले ठेलठाल गरे’, मन्त्री राईले भने, ‘सोझा साझा सेवाग्राहीले सजिलै सेवा नपाउँदा रहेका छन् ।’ अनुगमनपछि अब नागरिकलाई सहज रुपमा सेवा दिने व्यवस्थापन गर्ने उनले बताए ।

ट्रायलमा फेल र पासको निर्णय तत्कालै दिनुपर्ने प्रावधान रहेपनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको उनले बताए । ‘ट्राफिकले फेल पास भन्दो रहेछ, तर कर्मचारीले भर्ने फाराममा भने खाली नै राखिँदो रहेछ’, उनले भने, ‘यसले पनि आर्थिक चलखेल हुन्छ शंका देखियो ।’

यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक लगाइएको बताए । भीड हुने भएका कारण त्यतिबेलै फेल वा पास नलेखेको उनको भनाइ छ । इटहरीको यातायात कार्यालय महिनामा पाँच पटक सवारी साधन अनुमति प्रणालीको ट्रायल परीक्षा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?