२९ माघ, काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ ।
जुन नेपालका लागि बोनस हो भने क्यानडाका लागि जरिवाना ।
४९ औं ओभरको अन्तिम बलमा क्यानडाका ब्याटर पिचको मध्यभागमा कुदेपछि क्यानडालाई पाँच रन पेनाल्टी गरिएको हो ।
अम्पायरले क्यानडाका खेलाडीलाई पहिला चेतावनी दिएका थिए । तर त्यसलाई अटेरी गरेपछि नेपालको खातामा सुरुमै ५ रन जोडिएको हो ।
प्रतिक्रिया 4