+
+
आईसीसी क्रिकेट विश्वकप लिग २ :

नेदल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते १०:३८

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।

ललित राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

१५.४ ओभरमा स्याब्रान्ड ललितको बलमा व्यक्तिगत २३ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ५६ रन छ ।

यसअघि पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो । खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए ।

नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?