+
+

क्रिकेट क्यानडाद्धारा पवित्र समाजलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १६:१५

११ फागुन, काठमाडौं । एनआरएनए क्यानडाको पहलमा क्रिकेट क्यानडाले पवित्र समाज सेवालाई नगद र अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ ।

क्रिकेट क्यानडाका टुर म्यानेजर माइक, मुख्य प्रशिक्षक पुबुदु दसनाईके, कप्तान साद बिन जाफर र टिम क्यानडाका सदस्यहरूले पवित्र समाज सेवाकी अध्यक्ष दिक्षा चापागाईलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

एनआरएनए क्यानडाका उपाध्यक्ष सुरज अधिकारीले पवित्र सेवा समाज र क्रिकेट क्यानडा टोलीसँग समन्वय गरी उक्त कार्यक्रम राखेका हुन् ।

काठमाडौंको हायात प्यालेसमा भएको उक्त हस्तान्तरण कार्यक्रममा एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारी, एनआरएनए आईसीसी सदस्य हेम पाण्डे र नेपाली जनता समन्वय समिति क्यानडाका अध्यक्ष बुद्धिप्रकाश ओलीको सहभागिता थियो ।

नेपाल प्रस्थान गर्नुअघि क्रिकेट क्यानडालाई एनआरएनए क्यानडा र अन्य एघार नेपाली संस्थाहरूले बिदाइ गरेका थिए । बिदाइ कार्यक्रमको संयोजन एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले गरेका थिए । साथै एनआरएनए क्यानडाले क्रिकेट क्यानडालाई नेपाल भ्रमणका लागि ओटावाबाट अन–अराइभल भिसा प्राप्त गर्न पनि सहयोग गरेको थियो ।

एनआरएनए क्यानडाका उपाध्यक्ष उमेश भण्डारीले ओटावास्थित नेपाली दूतावास र क्रिकेट क्यानडासँग अन अराइभल भिसाका लागि समन्वय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?