+
+

मंगलबार गुल्मीका ४ स्थानीय तहमा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:३७

१४ फागुन, गुल्मी । गुल्मी जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?