+
+

इलाम–२ को अवस्था बुझ्न रास्वपाले बुर्लाकोटीलाई खटायो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १९:१५

१४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखमा उपनिर्वाचन हुने इलाम–२ को अवस्था बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ ।

सोमबार बसेको सचिवालय बैठकले सहमहामन्त्री बुर्लाकोटीलाई उपनिर्वाचन केन्द्रित अवलोकन भ्रमणमा पठाउने निर्णय गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

उपनिर्वाचनमा टिकट पाइने आशाले अर्को दल छोडेर आउनेलाई उम्मेदवारमा प्राथमिकता नदिने उनले बताए । सकेसम्म स्थानीय उम्मेदवार नै खोज्ने उनको भनाइ छ ।

बझाङको प्रदेश सभा क्षेत्र नं (१) को उम्मेदवारबारे पनि रास्वपाको सचिवालय बैठकमा छलफल भएको छ । तर देशभरको प्रदेशसभामा एक जनाले मात्र जितेर पनि अर्थ नराख्ने हुनाले उम्मेदवार नदिने सुझाव आएको सहप्रवक्ता झाले बताए ।

उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?